काठमाडौं । कागेश्वरी मनोहरा एकता समाजको अध्यक्षमा केदारनाथ दाहाल निर्वाचित भएका छन । संस्थाको पहिलो साधारणसभाले दाहाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा शालिकराम दुलाल, महासचिवमा टंकनाथ पौडेल, उपमहासचिवमा रमेश मैनाली तथा सचिवमा युवराज खतिवडा निर्वाचित भएका छन् ।
त्यस्तै संस्थाको सहसचिवमा मन्दिरा दाहाल तथा कोषाध्यक्षमा सरस्वती प्रधान चयन भएका हुन् । संस्थाको सदस्यहरुमा उमा भट्टराई रेग्मी, बाबा बस्नेत, यशोदा खड्का, यशोदा के.सी, यशोदा गुरागाई, सवित्रा बस्नेत, रत्नप्रसाल सेडाई, दुर्गा बहादुर महत, कल्यानी बोहोरा र प्रशुराम अधिकारी निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित भएसँगै दाहालले संस्थाको एकताका लागि सबै खालका काम गर्न आफू तयार रहेको बताए। समाजको चौतर्फी विकास र सामाजिक सद्भावका लागि आफ्नो नेतृत्वले काम गर्नेमा उनले विश्वास समेत ब्यक्त गरे ।
कार्यक्रममा महासचिव पौडेलले समाजले नगरपालिकाको योजना अनुसार नै सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाए । उनले संस्था स्थानीयकाे दुःख, सुखमा सधै साथमा रहने बताए ।
कागेश्वरी मनोहरा एकता समाज नगरपालिका भित्र विभिन्न सामाजिक काम गर्ने उदेश्यले स्थापना भएको संस्था हो ।