प्रधानमन्त्री भेट्न प्रचण्ड पुगे बालुवाटार

सत्तारूढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ। पार्टीभित्र विवाद उत्कर्षमा पुगेको बेला पाँच दिनपछि ओली–प्रचण्डबीच छलफल भएको हो। प्रधानमन्त्री ओलीसँग छलफलका लागि बिहीबार बिहान साढे ११ मा प्रचण्ड बालुवाटार गएका हुन्।

शनिबारको भेटमा प्रधानमन्त्री ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको भन्दै आइतबार अध्यक्ष प्रचण्डले बहुमत सचिवालय सदस्यलाई ब्रिफिङ गरेपछि दुई अध्यक्षबिच शक्ति संघर्ष चर्किएको थियो।

ओलीले बुधबार प्रदेश १ का आफू निकट नेताहरूसँग जनताको बहुदलीय जनवादको बहस सुरु गर्न निर्देशन दिएका थिए। बुधबार नै ओलीले एक कार्यक्रममा आफूले राजीनामा दिएर देशलाई बर्बाद नपार्ने बताएका थिए।

यी अभिव्यक्तिपछि दुई अध्यक्ष पहिलोपटक छलफलमा बसेका हुन। ‘उहाँहरु अहिले छलफलमा हुनुहुन्छ’, स्रोतले भन्यो, ‘पार्टी बैठक बोलाउने कि पहिला दुई अध्यक्ष सहमति गर्ने भन्ने विषयमा छलफल हुन्छ।’

राजदूत र तीन मन्त्री नियुक्ती एकलौटी गरेको कर्णाली विवाद, भारतीय रअ प्रमुखसंग बालुवाटारमा एक्लै गरेको ३ घन्टा छलफल लगायत विषयमा ओली र प्रचण्डबीच विवाद चुलिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here