विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको छ । सरकार मुलुक र जनता प्रतिको सामान्य जिम्मेवारीबाट पनि पन्छिरहेकोले आन्दोलन को विकल्प नभएको सो पार्टीले जनाएको छ ।
उसले कात्तिक ५ मा एक प्रेस विज्ञप्ती मार्फत कोरोनाको निःशुल्क परिक्षण उपचारको माग गरेको थियो । यो महामारीको बेला समेत राज्य नागरिक प्रतिको न्युनतम दायित्वबाट समेत पन्छिने कार्य गरेको भन्दै उक्त पार्टीले आन्दोलनको घोषणा गरेको हो ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न कोरोनाको निःशुल्क परिक्षण र उपचार लगायत अन्य विभिन्न मागहरु राखी संघर्षका कार्यक्र घोषणा गरेको हो । जस अनुसार कात्तिक १७ मा पर्चा वितरण र २० मा विरोध जुलुस रहेको छ ।