बालयौन दुरुपयोग गर्ने कटुवाचौपारीका सुनार पक्राउ

बाल यौन दुरुपयोग गरेको आरोपमा कटुवाचौपारीका २० बर्षिय प्रकास सुनार पक्राउ परेका परेका छन् । पर्वतको कुश्मा नगरपालिका वाड नं. ९ बस्ने सुनारले बालयौन दुरुपयोग गरेको भनेर कानुन बमोजिम सजाय दिन माग गर्दै पिडितका बुबाले किटानी जाहेरी दिए पछि निजलाई प्रहरीले माघको २८ गते शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सुनारले १५ बर्षिय बालिकालाई माघको २२ गते बालयौन दुरुपयोग गरेका थिए । पक्राउ परेका सुनारलाई फाल्गुन १ गते बाल यौन दुरुपयोग सम्बन्धी शीर्षकमा मुद्धा दर्ता गरी सम्मानित जिल्ला अदालत पर्वतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी निरीक्षक एब्म सुचना अधिकृत राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here