मुलुकको सार्वभौमकिता माथि प्रश्न उठ्ने गरी कुनै पनि सम्झौता गर्दिनः प्रम देउवा

काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सार्वभौमकितामाथि प्रश्न उठ्ने गरी सरकारले कुनैपनि सम्झौता नगर्ने बताएका छन् । अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) बारे आलोचना बढेपछि प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूसँग अमेरिकासँग त्यसप्रकारको कुनै सम्झौता नगर्ने बताएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग बालुवाटारमा भएको छलफलका क्रममा देउवाले एसपीपी सम्झौताबारे सार्वजनिक भएका तथ्यहरूमा सत्यता नभएको बताए ।
मुलुकको हितमा नहुने सम्झौता म गर्दै गर्दिनँ मादव नेपालले भने । एसपीपी पहिलेदेखि नै चर्चामा आएको कुरा हो । सबैको सहमति नहुने विषयमा सम्झौता हुँदैन । कसैले गर् भन्छ भनेपनि गर्दिनँ’, देउवालाई उद्धृत गर्दै नेकपा एसका अध्यक्ष नेपालले भने ।
प्रचण्ड र नेपालसँगको भेटमा प्रधानमन्त्री देउवाले २०१५ मै अमेरिकाले प्रस्ताव गरेको कार्यक्रमबारे अहिले सुनियोजित विवाद झिकिएको बताएका थिए । प्रधानमन्त्री देउवाले अमेरिकाले एसपीपी सम्झौता गर्न कुनै दवाव नदिएको पनि प्रष्ट्याएका थिए ।
प्रचण्ड र नेपालले सम्झौताबारे प्रश्न उठेको र यथास्थितिमा सम्झौता नगर्नु उपयुक्त हुने सुझाव दिएका थिए । देउवाले एसपीपी सम्झौता गर्नेबारे अहिलेसम्म कुनै निणर्य नभएको भन्दै आश्वस्त पारेका सो भेटमा पत्रकार संग स्पष्ट पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here