अनुभवि भएकोले पैयुँको बिकास अब मेरो काधमा छ ः श्रेष्ठ

पर्वत/२४ ,टकलाक
यहि बैशाख ३० गते सम्पन्न हुन लागेको निर्वाचनलाई लक्षित गर्दै एमालेले देशैभर घरदैलो अभियान चलाएको छ । सोहि अभियान अन्तर्गत वार्ड नं. १ टकलाकमा भएकोे कोणसभा लाई सम्बोधन गर्दै युवाहरुका ढुकढुकी एमालेका लोकप्रिय नेता एबम् पैँयु गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार महेन्द्र श्रेष्ठले पैँयुको बिकास गर्ने जिम्मेवारी अब आफ्नो काधमा आएको बताउनुभएको छ ।
चुनावी प्रचार प्रसार एबम् मतदाता भेटघाट गर्ने क्रममा पैयुँबासी आमाबुबा दाजुभाई तथा दिदीबहीनिहरुले आफुलाई मतदान गरेर सवल र समृद्ध पैयुँ गाउँपालिका बनाउने साचो आफुलाई हस्तान्तरण गर्नुहुने छ भन्नेमा बिस्वास लिएको भनाई श्रेष्ठको छ ।
यसै क्रममा उपाध्यक्ष पदका उम्मेदवार यमकुमारी रानाले आफुहरु अनुभवि उम्मेदवार भएको हुनाले पैँयुबासी जनताको भावना र पैयुँले के खोजेको छ भन्ने कुरा आफुहरुलाई थाहा भएको बताउनुभयो । रानाले निवार्चित भए पश्चात शिक्षा स्वास्थ्य र खानेपानीका क्षेत्रमा बिशेष योजनाका साथ अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । उहाँले महिलालाई शसक्तिकरणका लागि आवश्यक कार्यक्रमहरुको आयोजना गरेर महिलालाई जागरुक बनाइने बताउनुभयो ।


नेकपा एमाले पुैयुँ गाउपालिकाकाले टोलकमिटी देखी वार्ड र पालिका सम्म नै प्रचारप्रसारलाई तिब्र रुपमा अगाडी बढाएको छ । गाउँपालिका बासीहरु श्रेष्ठ र रानालाई भोट हालेर सुन्दर र समृद्ध गाउँपालिका बनाउन आत्तुर देखिएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here