कुखुरा तथा बङ्गुर पालन सम्बन्धी तालिम सम्पन्न

पर्वत,५

 

कुखुरा तथा बङ्गुर पालन सम्बन्धी एक दिने तालीम सम्पन्न भएको छ । “पशुपंछी आहारा आशिवार्दको साहारा” भन्ने मुल नारा सहित संचालन गरिएको सो तालीमको सभापतित्व रोयल पोल्ट्री फर्म कुश्मा शाखाका केशव सुबेदीले गर्नुभएको थियो । सभापति सुुबेदीले तालीम राख्नुको मुख्य उद्धेश्यको बारेमा प्रष्ट पार्नुभएको थियो ।
पशुपंछी तथा औषधी व्यवसाय संघ गण्डकी प्रदेशका निबर्तमान अध्यक्ष बिदुर पौडेलले प्रमुख अतिथीको मन्तब्य राख्दै ब्यवसायीक कुखुरा तथा बगुंर पालन गर्नका लागी चाहिने आवश्यक ज्ञान किसानहरुमा हुनु पर्ने बताउदै अन्य बिषयमा पनि आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो ।
करिव ४० जनाको सहभागितामा सम्पन्न भएको तालिममा बिभिन्न खालका गुनासा र समस्याहरु सहभागीहरुले राखेका थिए । सहभागीले यस्तो खालको तालिममा सहभागि हुन पाउँदा निकै खुसि भएको र आगामी दिनमा पनि तालिमको आयोजना गर्न अनुरोध समेत गरेका थिए । सहभागिहरुको समस्याको समाधानका उपायको बारेमा रोयल पोल्ट्री फर्मका पदाधिकारीहरुले आफ्नो भनाई ब्यक्त गरेका थिए ।
बिगत देखीनै कुखुरा र बङ्गुर पालन गरेका सफल ब्यवसायी तथा तालिममा बिशेष अतिथिको रुपमा रहेका ओडार कृषि फर्म कुश्मा नगरपालिका ८ का संचालक गौरव क्षेत्रीले व्यवसायमा भोगेको आफ्नो अनुभव पनि सुनाएका थिए ।
तालीममा स्वागत मन्तब्य बजार निर्देशक दिपेन्द्र लम्सालले राख्नुभएको थियो भने पशुपंछी रोग तथा पोषण बिशेषज्ञ डा. सागर आचार्यले प्राविधिक सहयोग गर्नुभएको थियो । पर्वतको कुश्मा बजारमा सम्पन्न भएको कार्यक्रमको संचालन सन्तोष प्याकुरेलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here