लामो समय देखि साङ्गीतिक यात्रामा लागेका चित्र सागर श्रेष्ठले शनिबार बजारमा दारी पालेको गित ल्याएका छन् । विश्वको जुन सुकै ठाउँबाट पनि हेर्न मिल्ने गरी युट्युवमा गित राखेको आफ्नो ब्यक्तिगत फेसबुक बाट श्रेष्ठले जानाकारी गराएका छन् ।
बाल्यकाल देखिनै साङ्गीतिक यात्रामा लागेका श्रेष्ठ लाइभ दोहोरीमा प्रखर मानिदै आएका छन् । २०५८ सालमा मस्र्याङ्दीमा पुल बोलको एल्बम पहिलो पटक बजारमा ल्याएको श्रेष्ठले बताए । उनी भन्छन् – “कसैलाई रक्सिको नसा लाग्छ तर मलाई सानै उमेरबाट नै गित संङ्गितको नसा लाग्यो । धेरै कलाकारहरु घर,गाडी जोड्न सम्म भ्याए तर म एउटा त्यस्तो ब्यक्ति होला संगितको मोहले घर,बास बिहिन जस्तै पनि भए कुनै बेला” । गायक तथा सर्जक श्रेष्ठ २०६७,६८ सालमा गण्डकी माछापुच्छ्रे वेस्टन युनियन लोक दोहोरी ताराको बिजेता समेत हुन् ।
सकिन मौरी झै डुल्छु भनेनी, भट्टी खोलेर जस्ता थुप्रै गितहरु बजारमा ल्याइसकेका श्रेष्ठले शनिबार फेरी दारी पालेर गित नेपाली साङ्गीतिक बजारमा ल्याएका हुन् । यो गितले खास गरी माया प्रेम र साथि भाइको देखा सिकी गर्ने प्रवृतिलाई दर्साउन खोजेको छ । गितमा आफ्नै आवाज भरेका छन् भने महिला आवाज देवी घर्तिको छ । समुन्द्र गिरीको लयमा कुमार केसिले यो गितलाई निर्देशन गरेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरा लगायत यसै प्रदेशको विभिन्न ठाउँको मनोरम दृश्य यो गितको भिडियोमा देख्न सकिन्छ ।